काठमाडौं । प्रभु बैंक लिमिटेडले ३ लाख ३१ हजार ५७९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । जसमध्ये २ लाख ६२ हजार ८१० कित्ता सेयर सर्वसाधारणले र ६८ हजार ७६९ कित्ता सेयर संस्थापकले खरिद गर्न सक्नेछन्।
उक्त सेयर खरिदका लागि आवेदन दिन सर्वसाधारणलाई १५ दिन र संस्थापक शेयरधनीलाई ३५ दिनको समय दिइएको छ । इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने बैंकले जनाएकाे छ ।
प्रतिक्रिया