Logo

अर्थ

गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा



काठमाडौं । गभर्नर विवादसम्बन्धी रिट र रिटमाथि परेको पूरक निवेदन न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

६५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई पनि गभर्नर नियुक्त गर्न मिल्नेगरी संशोधित अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यको नियुक्ति मापदण्डविरुद्धको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको सर्वाेच्चमा पूरक निवेदन परेको थियो ।

आइतबारयता निरन्तर तीन दिन गभर्नर विवादसम्बन्धी रिट र निवेदनको पेसी तोकिने तर हेर्न नभ्याइनेमा परेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार ११:२०   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।