काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गोबिन्द घिमिरेले सम्हालेका छन् । मंगलबारदेखि प्रमुख कार्यकारी अधिकृतबाट सुनिल केसी बिदा भएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी घिमिरेले सम्हालेका हुन् ।
फागुन मसान्तमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको दोस्रो कार्यकाल पुरा भएको थियो । मंगलबारबाट उक्त जिम्मेवारी पुरा गरेका केसी बिदा भएसँगै घिमिरे नयाँ प्रमुख कार्यकारी अधिकृतका रुपमा आएका हुन् ।
बुधबारबाट घिमिरेले प्रमुख कार्यकारी अधिकृत र सुदेश उपाध्यायल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।
प्रतिक्रिया