Logo

अर्थ

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने विश्व बैंकको अनुमान



काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने भएको छ ।

‘साउथ एशिया डेभलपमेन्ट अपडेट २०२५’ मा नेपालमा आर्थिक वृद्धिदर पहिला प्रक्ष्येपण गरेभन्दा कमजोर हुने उल्लेख छ । ‘ट्याक्सिङ टाइम्स’ शीर्षकको यो अद्यावधिक प्रतिवेदनले वित्तीय प्रणालीको दीर्घकालीन कमजोरी र बाढीपहिरोबाट भएको क्षतिको प्रभावस्वरूप आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.५ प्रतिशत हुने अनुमान गरेको छ । आगामी वर्ष २०८२/८३ (२०२५/२०२६) मा पनि नेपालको वृद्धि ५.२ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘वित्तीय प्रणालीको अस्थिरता, कमजोर कर्जाको स्थिति र गहिरिँदो प्राकृतिक प्रकोपका घटनाले नेपाली अर्थतन्त्रको पुनरुत्थानमा चुनौती थपेका छन् ।’

आर्थिक परिदृश्यमा सकारात्मक पक्ष भनेको विप्रेषण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसले चालु खाता घाटा १२.५ प्रतिशतबाट ३.९ प्रतिशत सरप्लसमा पुर्‍याएको छ, जुन आठ वर्षपछिको पहिलो सरप्लस हो । यसले विदेशी मुद्रा सञ्चिति बढाएर १४ महिनाको आयात खर्च बराबर बनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १३:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।