काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५ को विन्दुमा कायम भएको छ ।
आज २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ५८ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ५१ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया