Logo

अर्थ

गभर्नर बन्न डा.भट्टको योग्यता नपुग्ने भन्दै दायर रिट चौथो पटक पनि ‘हेर्न नभ्याइने’मा



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन चौथो पटक हेर्न नभ्याइनेमा परेको छ । आज (बुधबार) सुनुवाइका लागि न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएपनि अन्ततः हेर्न नभ्याइनेमा परेको हो ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर डा.भट्टको योग्यता नपुग्ने दाबीसहित रिट दायर गरेका थिए । यसअघि वैशाख ७ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेय, ८ गते महेश शर्मा पौडेल र नृपध्वज निरौला, ९ गते महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा पेशी तोकिएको सो मुद्दा हेर्न नभ्याइनेमै परेको थियो ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा.भट्टलाई गभर्नर बनाउने सहमति भएको बताइएको थियो । सोही सहमतिअनुरुप डा.भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । गभर्नर नियुक्ति थप पेचिलो बन्दै गएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १७:०६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।