Logo

अर्थ

नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेल लज रिसोर्टमा विशेष छुट



काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले धुलिखेल लज रिसोर्टमा विशेष छुट पाउने भएको छन् ।

बैंक रिसोर्ट बिच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी अला कार्ट मेनु रकममा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका चिफ मेनेजर एवं बाग्मती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र धुलिखेल लज रिसोर्टका प्रबन्धक संचालक प्रेम कण्ठ श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले विगत ३१ वर्षदेखी बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैकिङ, ७ प्रादेशिक कार्यालय र १ कर्पोरेट कार्यालय संचालनमा छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १७:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।