Logo

राजनीति

शशांक निवासमा चियापान, कांग्रेस नेताहरूको जमघट



काठमाडौं । कांग्रेस नेता शशांक कोइरालाले महारागन्जस्थित निवासमा चियापान कार्यक्रम गरेका छन् । पार्टीका पूर्वपदाधिकारी लगायत नेताहरुलाई निमन्त्रणा गरेर उनले आज चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

चियापानमा कांग्रेस नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्ण सिटौला, प्रकाशशरण महत, पुष्पा भुसाल लगायत पुगेका छन् । यसलाई महाधिवेशनका लागि कोइरालाको शक्ति प्रदर्शनको रूपमा अर्थ्याइएको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार ११:३८   :  बजे

1.6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।