Logo

राजनीति

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच वैशाख १७ गते पार्टी एकता घोषणा गर्ने तयारी



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकताको घोषणा हुने भएको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सचिवालयले एकता घोषणा कार्यक्रमका लागि तयारी तीव्र पारिएको जानकारी दिएको छ । सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ।’

यी दुई दलका शीर्ष नेताहरू पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका थिए । वार्ताको मुख्य एजेण्डा एकता, साझा विचार र रणनीतिक सहकार्यमा केन्द्रित रहेको स्रोतले जनाएका छन् ।

एकता घोषणासँगै पार्टीको नाम, नेतृत्व संरचना र आगामी राजनीतिक रणनीति पनि सार्वजनिक गरिने जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार १३:३३   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।