काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ६ मा रहेको पाल्पा शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।
उक्त कार्यालय हालको स्थानबाट करिव २०० मिटर उत्तरतर्फ पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ४ स्थित उद्योग वाणिज्य संघको भवन (हुलाक सँगैको भवन)मा वैशाख १४ गतेदेखि स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ ।
उक्त शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण बैंकिङ सेवाआजदेखि नयाँ स्थानबाट प्रवाह हुने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया