Logo

राजनीति

सभामुखले सांसद राई पक्राउको जानकारी संसद्लाई दिने



काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी संसद्‍लाई गराउँदै छन् । सांसद राई शनिबार साँझ पक्राउ परेकी थिइन् ।

उनी पक्राउ परेको सूचना संघीय संसद सचिवालय पुगिसकेको छ । सोही सूचना आइतबार सभामुख घिमिरेले सभामा सुनाउँदैछन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउको जानकारीसम्बन्धी व्यवस्था छ ।

कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार १०:५५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।