Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, १० अर्ब ८७ करोडकाे काराेबार



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१ को विन्दुमा कायम भएको छ ।

आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ ।

आज १० अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ८६ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ५६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार १५:२१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।