Logo

अर्थ

कर्जा प्रवाहमा सुस्तता र पुँजीगत खर्चको न्युनताले अर्थतन्त्रमा चुनौती : कामु गभर्नर ढुंगाना



अर्थतन्त्रका चुनौती कर्जा प्रवाहमा सुस्तता र न्युन पुँजीगत खर्च हुन्: कामु गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले निजी क्षेत्रतर्फ कर्जा प्रवाहमा आएको सुस्तता र पुँजीगत खर्चमा देखिएको न्युनताले नेपाली अर्थतन्त्रमा चुनौती थपिएको बताएकी छन् । आइतबार नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव कार्यक्रममा ढुंगानाले यस्तो बताएकी हुन् ।

हालको आर्थिक अवस्थामा केही सकारात्मक संकेत भए पनि मुलुकको समग्र आर्थिक वृद्धिका लागि कर्जा प्रवाह र पुँजीगत खर्च वृद्धि अपरिहार्य रहेको उल्लेख गरिन् ।

‘हाम्रो वित्तीय पहुँच सुधार भएको छ । चालू आर्थिक वर्षबाट सबै स्थानीय तहमा बैंकको शाखा कार्यालय पुगेका छन्,’ ढुंगानाले भनिन्, ‘राष्ट्र बैंकले आवश्यक विभिन्न क्षेत्रमा सहुलियतपूर्ण नीति अवलम्बन गर्दै आएको छ ।’

प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार १७:३३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।