काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक साँझ साढे ६ बजे बोलाइएको छ ।
सरकारी स्रोतका अनुसार बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ ।
साथै आन्दोलनरत शिक्षक र चिकित्सकहरुका माग, नयाँ गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनेछ ।
नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनका कारण सरकारी विद्यालयहरूमा भर्ना अभियान, एसईई उत्तरपुस्तिका परीक्षण लगायतका प्रमुख शैक्षिक गतिविधिहरू पूर्ण रूपमा प्रभावित भएका छन् ।
त्यस्तै, आवासीय चिकित्सकहरू पनि सरकारी सरहको भत्ता सुविधा लगायतका मागसहित आन्दोलनमा उत्रिएका छन् । उनीहरूले शुक्रबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका छन्, जसले स्वास्थ्य सेवामा समेत गम्भीर असर पुर्याएको छ ।
सरकारले यी सबै मुद्दा समेटेर सन्तुलित निर्णय लिने प्रयास गर्ने जनाइएको छ ।




















प्रतिक्रिया