Logo

अर्थ

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, ८ अर्ब ९१ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.५८ अंकले घटेर २६४७ को विन्दुमा कायम भएको छ ।

आज ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ९१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको स्रेयर कारोबार भएको छ । यस कम्पनीको ७० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युतको ४५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ८.९३ प्रतिशतका दरले कमाएका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १५:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।