Logo

बैंकिंग

तिहार बिदामा बैंकहरु नखुल्ने



तिहार बिदामा बैंकहरू नखुल्ने भएका छन् । कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरूको सम्पूर्ण शाखा बन्द हुने नेपाल बैकर्स संघले जनाएको छ । डिजिटल कारोबार र एटीएम सेवा भने नियमित रहने छन् ।
पछिल्लो समय कोरोना संक्रमण बढीरहेको र बैंकका कर्मचारीपनि यसबाट अछुतो रहन नसकेको कारण केही समय भएपनि तिहारको अबसरमा बन्द गरेर बैंकीङ क्षेत्रमा बढ्दो संक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ बैंक बन्द गर्न लागिएको हो । उसो त दसैँ बिदामा पनि बैंकहरुले शाखा बन्द गरेका थिए ।

‘अहिलेसम्म ६ हजारभन्दा धेरै कर्मचारी संक्रमित भइसकेको अवस्थामा समेत सेवा नियमित रुपमा प्रदान गर्दै आइरहेका  छौं,’’ बैकर्स संघले सूचना जारी गर्दै भनेको छ,’’ ‘‘नजिकिँदै गएको तिहार बिदामा बैंकका शाखाहरु बन्द हुने भए पनि डिजिटल बैंकिङ र एटीएम सेवा यथावत् रूपमा प्रयोग गर्न सकिनेछ ।’’

कोरोना संक्रमणबाट बच्‍न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न संघले आग्रह गरेको छ । यसअघि दसैं बिदामा पनि बैंकहरूले शाखा बन्द गरेर डिजिटल कारोबार गर्न आग्रह गरेका थिए ।

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार