Logo

अन्तर्राष्ट्रिय

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द, आपतकालीन अवस्था घोषणा



काठमाडौं । स्पेन र पोर्चुगलमा व्यापक रुपमा विद्युत् आपूर्ति बन्द भएपछि दुवै देशले आपतकालीन अवस्था घोषणा गरेका छन् । सीएनएनका अनुसार विद्युत अवरोधले ट्राफिक लाइट, रेल सेवा र विमानस्थलसमेत प्रभावित हुँदा जनजीवनमा ठूलो असर परेको छ ।

करीब ६ करोड जनसंख्या रहेका यी दुई दक्षिण युरोपेली राष्ट्रहरूका सरकारहरूले आपतकालीन बैठक बोलाएर प्रतिकार्य योजना बनाउने काम सुरु गरिसकेका छन् । विद्युत् आपूर्ति बन्द हुनुको कारण अझै खुलेको छैन ।

पोर्चुगलको ग्रिड अपरेटरका अनुसार मध्याह्नपछिको विद्युत आपूर्ति बन्द भएको थियो । फ्रान्सको केही भागमा पनि विद्युत् आपूर्ति बन्द भएको थियो । तर केही घण्टापछि फ्रान्समा विद्युत् बहाल भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

केही घण्टापछि, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत् आपूर्ति बन्द हुनुको कारण नखुलेको र समस्या समाधानको पहल भइरहेको जनाएका छन् ।

पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले ऊर्जा संकट घोषणा गरेका छन् । पोर्चुगलको ग्रिड अपरेटरले विद्युत आपूर्ति पूर्ण रूपमा बहाल गर्न ‘जटिल भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार ११:२३   :  बजे

297
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।