Logo

अर्थ

नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र तत्काल सार्वजनिक नगर्ने भएको छ । प्राधिकरणले प्राविधिक कारण देखाउँदै श्वेतपत्र अनिश्चितकालका लागि स्थगित गरेको हो ।

बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए, गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरे पनि तत्कालका लागि स्थगित भएको प्राधिकरण स्रोतले बतायो ।

प्राधिकरणमा कुलमान बर्खास्तमा परेर नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएसँगै प्राधिकरणको आर्थिक अवस्था जटिल रहेको सार्वजनिक कार्यक्रमहरूमा बोल्दै आएका छन् ।

श्वेतपत्रमा प्राधिकरणले चालु आर्थिक वर्षको फागुनसम्म ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी दायित्व रहेको उल्लेख गरेको स्रोतले जानकारी दिएको थियाे ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १२:२३   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।