Logo

अर्थ

भिजन इनर्जी एण्ड पावरले आईपीओ निष्कासन गर्ने



काठमाडाैं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ ।

वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गतेका लागि विशेष साधारणसभा बाेलाएकाे हो । उक्त सभा भर्चुअल माध्यम जुममार्फत बिहान ११ बजे आयोजना हुनेछ ।

सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत हुन आउने रकमको आईपीओ निष्कासन गर्ने र यस क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १३:३४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।