काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १५.०८ अंकले घटेर २६३१ को विन्दुमा कायम भएको छ ।
आज ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ८२ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६२ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानकिर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया