Logo

अर्थ

सवारीसाधन खरिदमा राष्ट्र बैंकको थप कडाइ, हायर पर्चेज कर्जा ६० प्रतिशतमा सीमित



काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा थप कडाइ गरेको छ । बैंकले ‘हायर पर्चेज’ कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०को पाँचौँ संशोधन गर्दै यसअघिको लोन–टू–भ्यालु रेसियोलाई घटाएको हो ।

सोही अनुसार अब सबै प्रयोजनका इभी र निजी प्रयोजनका सवारी साधानमा ६० प्रतिशत मात्रै कर्जा दिनेछन् । इभी खरिदमा पनि अब ४० प्रतिशत नगद नै भुक्तानी गनुपर्ने व्यवस्था गरिएको हो ।

यसअघि यस्ता संस्थाले सवारी साधन खरिदमा दिने ऋणको लोन–टू–भ्यालु रेसियो ८० प्रतिशतसम्म थियो । यसको अर्थ कुनै पनि व्यक्तिले सवारी साधनको मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेर किन्नसक्ने अवस्था थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गर्दै गत फागुन १९ गतेदेखि बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक) मार्फत हायर पर्चेज कर्जा लिँदा समेत ६० प्रतिशत मात्रै कर्जा पाइने व्यवस्था गरेको थियो । त्यस बखत नै केन्द्रिय बैंकले ४० प्रतिशत नगद ऋणी आफैले व्यवस्था गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । हाल भने हायर पर्चेज कर्जा दिने कम्पनीलाई पनि सोही व्यवस्था लागू गरेको हो ।

 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १६:५८   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।