Logo

अर्थ

नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७० प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडाैं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७०.८० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानीमा भने वृद्धि भएको छ । खुद ब्याज आम्दानी ५८.८२ प्रतिशतले बढ्दै १ अर्ब १ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले ६४ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यो अवधिमा संस्थाले कुल सञ्चालन खर्च ७३ करोड ९५ लाख गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८९.३० प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो खर्च ३९ करोड ६ लाख रुपैयाँमा सीमित थियो ।

यसैगरी संस्थाको इम्पेयरमेन्ट चार्ज अघिल्लो आवमा १५ करोड ७० लाख रुपैयाँ रहेकोमा अहिले बढेर ३२ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ७१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी पनि ८.३८ रुपैयाँले ऋणात्मक छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात १४.८१ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ८.८३ प्रतिशत कायम थियो ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ५.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९२.६६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ११८.८६ गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५६४.०७ रुपैयाँ र तरलता अनुपात १०.९६ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार १२:०८   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।