Logo

अर्थ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?



काठमाडौँ । साताको पहिलो दिन (आइतबार) सुनको मूल्य बढेको छ ।

शुक्रबार सम्म प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँ पुगेको सुन आज ६ सय रुपैयाँले बढेको हो । आज सुन एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने केहि घटेको छ । यस अघि चाँदी एक हजार ९३० रुपैयाँमा नै कारोबार भइरहेको थियो भने आज २० रुपैयाँले घटेर एक हजार ९ सय १० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आईतवार ११:१९   :  बजे

399
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।