Logo

अर्थ

सेयर बजारमा १० अंककाे गिरावट, ७ अर्ब ६३ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ९.९८ अंकले घटेर २६१० को विन्दुमा कायम भएको छ ।

आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको मूल्य घटेको छ ।

आज ७ अर्ब ६३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ७६ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स सुपर ३० म्युचुअल फन्डका इकाईधनीले पनि १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार १५:२४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।