Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ८ अर्ब ७४ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएकाे छ । नेप्से परिसूचक १.०३ अंकले बढेर २६११ को विन्दुमा कायम भएको छ ।

आज १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ७४ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार १५:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।