Logo

समाचार

त्रियुगा नदीको बाढीले बगायो बस



काठमाडाैं । उदयपुरको त्रियुगा खोलामा बस बाढीले बगाएकाे छ । चौदण्डीगढी नगरपालिका-५ मा सोमबार राति डाइभर्सन हुँदै खोला तर्नेक्रममा बस फसेको थियो ।

मंगलबार बिहान बाढी आएपछि को १ ख ४७५३ नम्बरको उक्त बस बाढीले पल्‍टाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएकाे छ ।

बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू बस फसेपछि निस्किएका थिए ।

नजिकै रहेको पुल भत्किएको हुँदा त्यहाँ डाइभर्जन बनाइएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार १५:३१   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।