काठमाडाैं । उदयपुरको त्रियुगा खोलामा बस बाढीले बगाएकाे छ । चौदण्डीगढी नगरपालिका-५ मा सोमबार राति डाइभर्सन हुँदै खोला तर्नेक्रममा बस फसेको थियो ।
मंगलबार बिहान बाढी आएपछि को १ ख ४७५३ नम्बरको उक्त बस बाढीले पल्टाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएकाे छ ।
बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू बस फसेपछि निस्किएका थिए ।
नजिकै रहेको पुल भत्किएको हुँदा त्यहाँ डाइभर्जन बनाइएको थियो ।




















प्रतिक्रिया