Logo

अर्थ

एससीटी र लुम्बिनी विकास बैंकबीच स्मार्ट पे र स्मार्ट क्यूआर सेवा सञ्चालन सम्झौता



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको मान्यता प्राप्त बैंक लुम्बिनी विकास बैंक लिमिटेडबीच स्मार्ट पेमार्फत अन्तरबैंक भुक्तानी सेवा तथा स्मार्ट क्यूआर मार्फत क्यूआर भुक्तानी सेवा सञ्चालन सम्झौता भएको छ ।

लुम्बिनी विकास बैंकको कार्यालयमा आयोजित कार्यक्रमबीच एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीबीच स्मार्ट क्यूआर र स्मार्ट पेको सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापछि लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने छन् ।

 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार १०:३८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।