Logo

अर्थ

घट्याे सेयर बजार, साढे ११ अर्ब माथिकाे कारोबार



काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले घटेकाे छ । नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१ को विन्दुमा कायम भएको छ ।

आज ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको मूल्य घटेको छ ।

आज ११ अर्ब ६५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ७८ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ६५ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १५:१८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।