Logo

प्रमुख समाचार

माधवकुमार नेपालको मुटुमा समस्या, सफल एन्जिओप्लास्टीपछि स्वास्थ्यमा सुधार



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुटुमा समस्या देखिएपछि सफल एन्जिओप्लास्टी गरिएको छ।

बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार नेपालको मुटुको एक नसा पहिलेबाटै साँघुरो थियो, जसका कारण रक्तप्रवाहमा अवरोध आएको थियो । उक्त नसा एन्जिओप्लास्टी प्रक्रियाबाट सफलतापूर्वक खोलिएको जनाइएको छ । ‘उहाँको मुटुमा पहिलेदेखि नै समस्या थियो। योजनाबद्ध रूपमा एन्जिओप्लास्टी गरिएको हो,” एक चिकित्सकले अनलाइनखबरसँग भने, “हाल उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको छ।’

ती चिकित्सकका अनुसार नेपालको मुटुको समस्या पहिल्लादेखि नै थियो ।

‘उहाँको मुटुको नसामा पहिल्यै देखि समस्या थियो । अप्रेसनको योजनाबद्ध रूपमा गरिएको हो,’ ती चिकित्सकले भने, ‘ अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।’

मुटुको उपचारपछि नेपाललाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १३:३७   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।