Logo

अर्थ

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ५०.४५ प्रतिशतले बढेको हो ।

कम्पनीले चैत मसान्तसम्म ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले बिमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब १९ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १४:४३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।