Logo

अर्थ

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा



काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत एक सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पौड्यालले पदीय मर्यादा विपरीत कार्यहरू गरी ३ करोड ६३ लाख २१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पौड्यालले २०५१ वैशाख ९ गतेदेखि २०८० असार ३१ गतेसम्मको अवधिमा सो बराबर रकम भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।

३ करोड ६३ लाख रुपैयाँ ऋणात्मक रही गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले पौड्याललाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम सजायको माग दाबी अख्तियारले गरेको छ ।

पौड्यालले गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती विष्णुमैयाँ पौड्यालको नाममा पनि राखेको भेटिएकाले विष्णुमैयाँलाई पनि सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार १४:०९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।