Logo

अर्थ

शिवम् सिमेन्टको नाफा ९६.०७ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । तेस्रो त्रैमासिक समीक्षा अवधिमा शिवम् सिमेन्टको नाफा बढेकाे छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म खुद नाफा ४० करोड छ । यो रकम अघिल्लो आवको तुलनामा ९६.०७ प्रतिशतले बढी हो ।  गत वर्षको सोही अवधिमा यस्तो नाफा २० करोड ४२ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा सञ्चालन आम्दानी ५ अर्ब ९९ करोडबाट ५ अर्ब ३९ करोडमा झरेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ छ । हाल बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३३ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार १०:५१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।