Logo

अर्थ

सोल्टी होटलकाे नाफा ४६ करोड ७३ लाख



काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।  कम्पनीले चालु आवको चैत मसान्तसम्म ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ । नाफा गत आवको यसै अवधिको तुलनामा १३.३६ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा होटलले ४१ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको सञ्चालन नाफा पनि १५.४१ प्रतिशतले बढेर ५९ करोड १७ लाख रुपैयाँ कायम भएको छ ।

१ अर्ब २ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा तथा प्रतिसेयर नेटवर्थ २५ रुपैयाँ १७ पैसा रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार १४:२१   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।