Logo

अर्थ

गभर्नर बन्ने चर्चामा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश भएको छ । नेपाल राष्ट्र बैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो ।

अभिवक्ताद्वय प्रतीभा उप्रती र विशाल थापाले रिट पेश गरेका हुन् ।

रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार १६:१०   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।