Logo

अर्थ

सिद्धार्थ बैंकमा अनलाइन पेमेन्ट गेटवे सेवा सुरु



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ ।

यो सेवाबाट बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट)हरूले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा भएका ग्राहकबाट सजिलै अनलाइन भुक्तानी लिन सक्नेछन् ।

सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे मार्फत अब ई–कमर्स कारोबार गर्ने विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, एनजीओ लगायतका संस्थाहरूले देश तथा विदेशबाट सहज रूपमा अनलाइनमार्फत भुक्तानी लिन सक्नेछन् ।

यस गेटवेको प्रयोगले भुक्तानी प्रक्रियामा कार्डलाई भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने झन्झट हटाएको बैंकले बताएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार १७:०७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।