Logo

शेयर बजार

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीको नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हाे ।

यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले यो सेयरको मूल्य भने तोकेको छैन ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बिहीबार (जेठ १ गते) बाट ३५ दिनभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार १४:२४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।