Logo

समाचार

सुनको मूल्यमा उल्लेख्य वृद्धि



काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँले बढको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार ११:२३   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।