Logo

बैंकिङ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा आकर्षक छुट



काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरुलाई बुढानिलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ।

बैंक र होलिडे इन रिसोर्टबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहकहरुलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने उल्लेख छ। छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।

ग्राहकहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिँदै आएको छ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार १६:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।