Logo

प्रमुख समाचार

स्वास्थ्यका कारण प्रधानमन्त्री संसदमा नजाने, संसद्‌मा प्रश्नोत्तर कार्यक्रम स्थगित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार (आज) बस्ने प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् । स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्री बैठकमा उपस्थित नहुने नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

“प्रधानमन्त्रीज्यूको स्वास्थ्यका कारण आज प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने जानकारी गराउनुभएको छ । आज तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर अर्को दिन हुनेछ,” बर्तौलाले भने ।

आज विहान ११ बजेका लागि संसद बैठक आह्वान भएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार ११:१९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।