काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख २३ हजार २९९ कित्ता सेयर बिक्रीमा राखेकाे छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज जेठ ६ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।




















प्रतिक्रिया