Logo

अर्थ

गभर्नरमा विश्व पौडेलसहित तीन जनाको नाम सिफारिश



काठमाडाैं | नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिश समितिले तीन जनाको नाम सिफारिश गरेको छ। मंगलबार बसेको समितिको बैठकले विश्व पौडेललाई पहिलो प्राथमिकताका साथ सिफारिश गरेको हो।

त्यस्तै, राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम छ । मन्त्रिपरिषद्को आजै बस्ने बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १७:५५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।