चितवन । पूर्वी नवलपरासीकाे गैंडाकोटमा रहेकाे प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनमा आएपछि भक्तजनको चाप उल्लेखनीय रूपमा बढेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार केबलकार सेवा सुरु भएपछि मन्दिर आउने भक्तजनको संख्या करिब ३० प्रतिशतले वृद्धि भएको छ ।
मन्दिर जान पैदल मार्ग तथा सडकमार्ग भए पनि झण्डै २ लाखभन्दा बढी भक्तजन केबलकारबाट मन्दिर आउने गरेको अध्यक्ष सापकोटाको भनाइ छ ।
मन्दिरसम्म पुग्न पैदलमार्ग, सडकमार्ग र हालसालै सञ्चालनमा आएको केबलकारमार्ग प्रयोग गर्न सकिन्छ। भक्तजनहरू कालीगण्डकी करिडोर हुँदै चिसापानीबाट, गणेश मन्दिर चुहार खोला हुँदै वा गैंडाकोटको फेदीबाट पेटीको पैदलमार्ग हुँदै मन्दिर पुग्ने गरेका छन् ।
विशेषगरी शनिबार र चाडपर्वहरु—जसमा नयाँ वर्ष, बडा दशैं, चैते दशैं प्रमुख हुन्—को अवसरमा मन्दिरमा भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ ।
उनका अनुसार मन्दिरको दर्शन गर्न वार्षिक ५ लाखभन्दा बढी भक्तजन आउने गर्दछन् ।
प्रतिक्रिया