Logo

समाचार

लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि सच्याइएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले गरेको आदेश सच्याउन आइतबार उनीहरूकै इजलासमा पेसी तोकिएको थियो ।

लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले शुक्रबार सदर गरेको थियो । तर, लिखित आदेश सार्वजनिक हुँदा ‘आदेश’ नलेखेको ‘फैसला’ लेखिएपछि सच्याउनका लागि आइतबार पेशी तोकियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार १६:४३   :  बजे

639
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।