Logo

अर्थ

सेयर धितो कर्जाको जोखिम भार अब १०० प्रतिशत मात्र



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो ।

यसअघि कायम अधिकतम १२५ प्रतिशतको सीमालाई घटाएर अब १०० प्रतिशतमात्र कायम गरिएको हो ।

केन्द्रीय बैंकले सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएको थियो । तर, नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत सेयर बजारको जोखिम भार १२५ प्रतिशतलाई घटाई १०० प्रतिशतमा घटाएका हुन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १०:५२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।