Logo

राजनीति

कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि मुछिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठेका बेला कांग्रेसले बैठक बोलाएको हो ।

आजको बैठकमा यो विषयसहित पार्टीका अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएको बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार ११:०३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।