काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का सह–अध्यक्ष गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् । सोमबार ललितपुरस्थित ग्वार्कोमा एकता सभा गरी उनी माओवादीमा फर्किएका हुन् । दुई पाटीबीच भएको ५ बुँदे सहमतिअनुसार उनले सचिवको जिम्मेवारी पाएका छन् ।
२०७२ सालमा संविधान जारी भएसँगै डा.बाबुराम भट्टराईले माओवादी त्यागेका थिए । उनीसँगै गंगानारायण श्रेष्ठले पनि पार्टी छाडेर नयाँ शक्तिमा लागे । नयाँ शक्ति पार्टीलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा गएकता गरेपछि उनी समाजवादी पार्टी नेपालको नेता बनेका थिए ।
समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी मिलेर जसपा नेपाल बनेको थियो । जसपा नेपालबाट पनि उनी बाबुरामसँगै फुटेर नेपाल समाजवादी पार्टीमा गएका थिए । नेसपाबाट बाबुराम भट्टराईलाई निकालेर महिन्द्र यादव र गंगाले चलाएको उक्त पार्टीबाट पनि उनी महिन्द्रलाई छाडेर अलग्गै समूह लिएर माओवादीमा फर्किएका हुन् ।




















प्रतिक्रिया