काठमाडौं । पियोर इनर्जीको सेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
पियोर इनर्जीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने भएकोले यो कम्पनीको सेयर मंगलबारबाट कारोबारमा आउने भएको हो।
नेप्सेमा पियोर इनर्जीको १०० रुपैयाँ अंकित दरका कुल ८० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ६४ लाख कित्ता (८० प्रतिशत) र सर्वसाधारणको १६ लाख कित्ता (२० प्रतिशत) रहेको छ ।
पियोर इनर्जीले गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियाे । आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा वैशाख ११ गते गरिएको थियो ।




















प्रतिक्रिया