Logo

अर्थ

रिलायबल नेपाल लाइफमा आबद्धले नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसमा शतप्रतिशतसम्म छुट पाउने



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसै अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसको स्वास्थ्य उपचारमा १० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।

समझदारीपत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सहायक माहाप्रवन्धक सैलेन्द्र श्रेष्ठ र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसका प्रशासन प्रमुख सन्तोस निरौलाले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १६:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।