Logo

अर्थ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक तोला सुनको कारोबार १ लाख ९१ हजार १ सय रुपैयाँमा भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार ११:२५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।